सिटीले लियोनल मेस्सीलाई अनुबन्ध गर्नको लागि आकर्षक पारिश्रमिकको अफर तयार पारेको हल्लाको कारण बेल्जियन स्टार निराश रहेको बताइन्छ। बार्सिलोनाका कप्तान मेस्सीको यहि सिजनको अन्त्यमा बार्सिलोनासँग सम्झौता सकिँदै छ। यस्तोमा सिटीले फ्रेन्च क्लब पीएसजीको भन्दा आकर्षक तलबका साथ मेस्सीलाई क्लबमा भित्र्याउनु पर्ने देखिन्छ। सिटीले मेस्सीलाई ५००,००० प्रति हप्तासम्मको तलब दिनु पर्ने हुनसक्छ।
यसैबीच क्लबका बेस्ट प्लेयर केभिन डी ब्रुएन खुसी नरहेको खबर सिटीका लागि चिन्ताजनक रहन सक्छ। म्यानचेस्टर सिटीका संवाददाता साम लीले डेभिड अर्न्स्टेनको यूट्यूब शोमा भने, “डी ब्रुएन अझै पनि पक्कै सिटीसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्छन् तर उनी निराश भने छन्।” उनले भने, “मलाई यो कुरा एक राम्रो स्रोतबाट थाहा भएको हो कि डी ब्रुएनले आफ्ना बेल्जियम टिममेटलाई गरेको गुनासो अनुसार सिटीले उनलाई नयाँ सम्झौता हस्ताक्षर गर्नको लागि सबै कुरामा विचार पहिलेको भन्दा पनि थोरै कम छ।




