पोखरा । पोखराको सभागृहचोकमा बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।
पोखराको सभागृहचोकमा बुधबार बिहान पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ३८२५ नम्बरको बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ घर भइ हाल पोखरा लेकसाइडमा बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी तिलिजाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




