प्रथम स्व.पदम गुरुङ्ग स्मृति ३५ भेट्रान्स लिग नकाउट २०७९ प्रतयिोगतिामा पिपलडाली क्लबले वालिङ क्लवलाई १०-३ ले जितेको छ ।
पोखरा एयरपोर्ट फुटसलमा जारी प्रथम स्व.पदम गुरुङ्ग स्मृति ३५ं भेट्रान्स लगि नकाउट २०७९ लिगमा पोखराको पिपलडाली फुटसल क्लबले वालिङ्ग फुटसल क्लबलाई १०-३ ले जितेको छ ।
पिपलडालीको तर्फबाट नारान गुरुङ्ग ३,सुमन गुरुङ्ग १ ,ईश्वर के.सी १,शिव के सी २ पंकज घिमीरे १,विरेन्द्र गुरुङ्ग १ दिपक गुरुङ्गले १ गोल गरेका थिए ।
भने वालिङ्गको तर्फबाट मोतीलाल कुंवरले २ केशब थापाले १ गोल गरेका थिए ।
लिगको दोस्रो खेलहरु साउन २५ गतेबाट हुने जानकारी संयोजक टेक बहादुर गुरुङ्गले दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले ७०,७७७ रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले,४०,४४४ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा फेयर प्ले,सर्वोत्कृष्ट डिफेन्डर,सर्वोत्कृष्ट ,मिडफिल्डर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता पुरस्कृत गरिने छ ।
प्रथम स्व पदम गुरुङ्ग स्मृत ि३५ं भेट्रान्स लगि नकाउट २०७९ प्रतयिोगतिा ३५ बर्षभन्दा माथिको खेलाडीहरुको सहभागिता रहेको खेल भदौ ३ गते फाईनल हुने अध्यक्ष गौरब गुरुङ्गले बताउनुभयो ।




