काठमाडौंका सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैंया खाजा खर्च दिइने भएको छ।
काठमाडौं महानगरपालिकाले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई सो रकम उपलब्ध गराउने प्रस्ताव गरेको छ।
नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव भएको हो।
काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो। यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।




