• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • २० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • २० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • २० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • २० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

तीज महोत्सव–२०७९ लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी

  •  संवाददाता
  • सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    Advertisement

    २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ ।

    प्रतियोगितामा पुरुषतर्फ एपिएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह बि मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेल हार्दै घर फर्कियो । समूह ए बाट गण्डकी विजेता र समूह बि बाट नेपाल पुलिस क्लब विजेता बन्दै विजयी यात्रा कायम राखेका हुन् ।

    सोमबार गण्डकीले आर्मीलाई ३–२ सेटमा १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले हराएको हो । यस्तै, नेपाल पुलिस र एपिएफबीचको खेलमा पुलिसले ३–२ सेटमै नतिजा आफ्नो पक्षमा पारेको छ । पुलिसले एपिएफलाई २५–१९, १७–१५, २५–२१, २१–२५ र १५–१० मा हराएको हो ।

    मंगलबार पुरुषतर्फ पहिलो सेमिफाइनल १२ बजे गण्डकी र एपिएफबीच हुनेछ भने दोस्रो सेमिफाइनल दिउँसो २ बजे नेपाल पुलिस र आर्मीबीच हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।

    प्रतियोगितामा महिलातर्फ सहभागी चार टिममध्ये समूह ए बाट नेपाल पुलिस र समूह बी बाट न्यु डायमण्ड समूह विजेता बनेका छन् । सोमबारको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा हरायो । प्रतियोगितामा २५–१६, २५–१९ र २५–९ को नतिजा आएको हो ।

    महिलातर्फ नै भएको अर्को खेलमा न्यु डायमण्ड विजयी भयो । डायमण्डले त्रिभुवन आर्मीको टिमलाई सोझो सेटमा २५–१६, २५–२२ र २५–१९ मा हराएको हो । मंगलबार पहिलो सेमिफाइनल खेल बिहान ८ बजे पुलिस र आर्मी तथा दोस्रो सेमिफाइनल बिहान १० बजे न्यु डायमण्ड र गण्डकी प्रदेशको टिम बिच हुने छ ।

    गत भदौ ११ देखि सुरु प्रतियोगितामा अविरल वर्षाका कारण खेल तालिका एक दिन पर धकेलिएको छ । फाइनल भदौ १५ गते खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

    बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यस पालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् ।

    महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

    भदौ १२ देखि सुरु लामाचौर तीज महोत्सव–२०७९अन्तर्गत सोमबार संस्थाका पूर्व सल्लाहकार, कार्य समिति पदाधिकारी, सदस्य, संस्थापकहरु, अल्फा बोर्डिङ स्कुल, इन्द्र राज्य लक्ष्मी मावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज आदिलाई संस्थाको रजत जयन्ती अवसरमा सम्मान गरिएको छ ।

    सोमबार अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथम, सूर्योदय बोर्डिङ दोस्रो, कास्की मोर्डनाइज्ड तेस्रो भयो । कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना भए । प्रतियोगितामा १६ विद्यालयले भाग लिएको संस्थाका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले बताए । १८ टिमले भाग लिएको अन्तर महिला तीजगीतमा इन्द्र राज्य लक्ष्मी मावि प्रथम, उपकार आमा समूह दोस्रो, सफल उद्यमी महिला समूह तेस्रो र शिवालाय तमु आमा समूह सान्त्वना भए ।

    कार्यक्रममा रामजी पौडेल, लक्ष्मी नेपाली, दीपक खड्का लगायतका कलाकारले प्रस्तुति राखेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

    संस्थाका अधयक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङको विशेष उपस्थिति थियो । सो अवसरमा प्रदेश खेलकुद परिषद्ले भलिबल प्रतियोगिताको लागि ५ लाख सहयोग गरेको छ ।

    सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.