कास्की जिल्ला मादी गाँउपालिका वडा ७ काउरेडाँडा स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिई गएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी डा नं.५ तर्फ ल्याउँदै गर्दा फेला पारी घटनामा संलग्न जिल्ला कास्की मादी वडा ७ थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, ऐ.ऐ.बस्ने वर्ष २६ को निरज तामाङ, ऐ.ऐ. घर भई हाल पोखरा वडा १० बस्ने वर्ष ३४ को खरजंग गुरुङ र जिल्ला लम्जुङ मध्यनेपाल वडा ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा १३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियारलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।
खानेपानी पाईप चोरी गर्दा गर्दा पक्राउ
खानेपानी पाईप चोरी गर्दा गर्दा पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




