जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो ।
उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको छ ।




