वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकेट छनौंट प्रतियोगितामा स्याङजाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत सोमबार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको योगफल तयार पा¥यो । तनहुँको व्याटिङमा ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङजाका किरण भट्टराई र सुजन गौतमले ३, ३ विकेट लिए ।
स्याङजाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे । तनहुँका बलरहरु प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेट सहित ४५ रन जोडेका स्याङजाका सुजन गौतम म्यान अफ द म्याच भए ।




