धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर के तपाईलाई थाहा छ, किसमिसलाई महमा मिसाएर बिहान सेवन गर्दा यो मिश्रणले अचम्मको स्वास्थ्य लाभ दिन्छ रु भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार मह र किशमिश दुबै उत्कृष्ट सुपरफुड हुन्, जसमा शरीरका लागि आवश्यक पोषण हुन्छ र यसमा प्रशस्त मात्रामा औषधीय गुण पनि पाइन्छ । बिहान खाली पेटमा यसको सेवन गर्नाले धेरै स्वास्थ्य लाभहरू पाउन सकिन्छ । यसबारे जानकारी लिऔँ ।
किसमिसमा प्रोटिन, आइरन, भिटामिन बी, म्यांगनीज, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, महको कुरा गर्दा यो पौष्टिक र औषधीय गुणको पावरहाउस हो । यसमा नियासिन र रिबोफ्लेभिन, एस्कर्बिक एसिड, प्यान्टोथेनिक एसिड प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा शरीरका लागि आवश्यक पोषक तत्व जस्तै आइरन, म्याग्नेसियम, पोटासियम, जिंक, क्याल्सियम, आइरन, म्यांगनीज, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ । यसका अलावा महमा एन्टी इन्फ्लेमेटरी, एन्टि भाइरल, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टि–ब्याक्टेरियल जस्ता गुणहरु पनि पाइन्छ । किशमिश र मह एकसाथ सेवन गर्दा यसले शरीरमा भएको पौष्टिक तत्वको कमीलाई हटाउन मात्रै नभई धेरै स्वास्थ्य लाभहरू प्रदान गर्नुका साथै धेरै गम्भीर रोगको जोखिमलाई पनि कम गर्न मद्दत गर्छ ।




