ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जु’वा खेलिरहका १७ जनालाई प्र’हरीले नगदसहित नि’यन्त्रणमा लिएको छ ।
शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जु’वा खेलिरहेका उनीहरूलाई प्र’हरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नि’यन्त्रणमा लिएको हो । त्यस्तै उनीहरुको साथबाट १९ बुक ता’स, १६ थान कौ’डा, ता’स खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्र’हरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
अ’वैध रुपमा ता’स खेलेको सूचनाका आधारमा परिसरबाट प्र’हरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खान’तला’सीमा खटिएको थियो । प’क्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनु’सन्धान जारी रहेको पनि प्र’हरी उपरीक्षक महर्जनले बताए ।
प’क्राउ पर्नेहरू
१. जिल्ला ललितपुर बस्ने वर्ष ४३ को रामबहादुर लामा
२. जिल्ला ललितपुर बस्ने वर्ष ४० को प्रकाश भण्डारी
३. जिल्ला ललितपुर बस्ने वर्ष ४७ को लव कुमार बस्नेत
४. जिल्ला ललितपुर बस्ने वर्ष ४३ को राकेश महर्जन
५. जिल्ला ललितपुर बस्ने वर्ष ३९ को दिनेश पुडासैनी
६. जिल्ला ललितपुर बस्ने वर्ष ५३ को हिटलर श्रेष्ठ
७. जिल्ला ललितपुर बस्ने वर्ष २८ को अनिल महर्जन
८. जिल्ला ललितपुर बस्ने वर्ष ३६ को श्रीकृष्ण खड्का
९. जिल्ला ललितपुर बस्ने वर्ष ४२ को तुलसी राम महर्जन
१०. जिल्ला ललितपुर बस्ने वर्ष ४६ को सानु कान्छा महर्जन
११. जिल्ला ललितपुर बस्ने वर्ष ४५ को पुर्ण श्रेष्ठ
१२. जिल्ला ललितपुर बस्ने वर्ष ४८ को विनोद प्रसाद घिमिरे
१३. जिल्ला ललितपुर बस्ने वर्ष ४० को पुर्ण मान माली
१४. जिल्ला ललितपुर बस्ने वर्ष ५७ को सानुकान्छा बस्नेत
१५. जिल्ला ललितपुर बस्ने वर्ष ४६ को राम खत्री
१६. जिल्ला ललितपुर बस्ने वर्ष ३२ को विनोद महर्जन
१७. जिल्ला ललितपुर बस्ने वर्ष ५५ को चिरीकाजी महर्जन




