• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भारतमा मृत्युदण्ड पाएकी पहिलो महिला शबनमका आफन्तले शव नबुझ्ने उसको छोरा पनि नाजायज

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको आवतजावत बाक्लै छ । गाउँमा एउटा दुई तले घरको अगाडि मानिसहरुको बाक्लै भीड छ । यो शबनमको घर हो जसले १३ वर्षअघि प्रेमी सलिमसँग मिलेर परिवारका सात सदस्यको यसकारण हत्या गरेकी थिइन् किनभने परिवारले उनको विवाहमा बाधा पुर्याइरहेका थिए ।

    शबनम र सलिमलाई यो मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ । जसलाई उच्च अदालत र सर्वोच्च अदालतले पनि सदर गरेको छ । राष्ट्रपतिले पनि दया याचिका खारेज गरिसकेका छन् । दुबैको डेथ वारेन्ट कुनै बेला पनि जारी हुनसक्छ । शबनम भारतमा मृत्युदण्ड पाउने पहिलो महिला हुन् । यसैकारण पनि उनको चर्चा विशेष छ ।

    उँका एक वृद्ध रियासत अली उक्त दिनलाई स्मरण गर्दै भन्छन्, ‘त्यो रात गाउँमा हल्का वर्षा भएको थियो । राती करिब साढे दुई बजेको होला । त्यतिबेला गाउँकै एउटा ठूलो दुई तले भवनबाट चिच्याएको आवाज आउन थाल्यो । हड्बडाएर हामी घरतिर दौडियौं । त्यहाँ हामीले जे देख्यौं, त्यो म जीवनभरी बिर्सन सक्दिनँ । सात लास थिए । सबैको घाँटी काटिएको थियो । बगिरहेको ताजा मानिसको रगतले फनक्कै घुमायो । मानिसहरु सुतिरहेकै ठाउँमा उनीहरुको हत्या गरिएको थियो । यी सात लासबीच जिउँदो बचेकी घरकी एक्ली छोरी शबनम चिच्याउँदै रोइरहेकी थिइन् । एउटा बच्चा पनि मरेको थियो । त्यो देखेर म काँप्न थालेँ र त्यहाँबाट फर्किएँ ।’

    शबनमका काका सत्तार अली भन्छन्, ‘जब हामी पुग्यौं तब शबनम चिच्याएर रोइरहेकी थिइन् ‘मेरो पापालाई काटिदिए, सबैलाई मारिदिए’ भन्दै । मेरा भाइ, बुहारी, भतिजो सबैलाई मारियो । दोस्रो तलामा बनेको कोठाको भित्तामा रगतको टाटो देखाउँदै सत्तार अली भन्छन्, ‘यहाँ मेरो भाइ राजिदको शव थियो । जब दुबैले (शबनम–सलीम) उनको गला काटिरहेका थिए तब उनी हल्लिरहेका थिए । त्यतिबेला शबनम उनको खुट्टामा बसिरहेकी थिइन् र सलिमले मेरो भाइको घाँटी काटिरहेको थियो । तीब्र गतिमा निस्किएको रगतको धारा भित्तामा लागेको थियो ।’

    उनी थप्छन्, ‘ठूलो भतिजो र बुहारीको शवको बीचमा बच्चा थियो । मलाई लागेको थियो, ऊ जिउँदो छ । बोकेर हेरेँ, उसको पनि मृत्यु भइसकेको रहेछ । उसको घाँटी थिचिएको थियो ।’

    सत्तार अली भन्छन्, ‘शबनमले सबैलाई घरमा छिरेका केही बदमासले पूरा परिवारको हत्या गरेर भागेको बताइन् । पिताको लास नजिकै रोइरहेकी छोरीमाथि आखिर कसले शंका गर्न सक्छ । हामीले त सोचेका पनि थिएनौं कि कुनै छोरीले आफ्नो पूरा परिवारको यति क्रुरतापूर्वक हत्या गर्न सक्छिन् ।’

    प्रहरीले ७२ घण्टामा खोलेको थियो राजः

    डकैती र एक परिवारका सातजनाको हत्याको खबरपछि राती नै गाउँमा प्रहरी पुगेका थिए । अनुसन्धानको सुरुवाती घण्टामा नै प्रहरीलाई शंका भइसकेको थियो कि हत्यारा घरकै सदस्य हुन् ।

    शबनमले सबैतिरबाट सहानुभूति पाइरहेकी थिइन् तर प्रहरीले ७२ घण्टाभित्रै घटनाबारे पर्दाफास गरिदिए । प्रहरीले शबनमले प्रेमीसँग मिलेर सुरुमा पूरा परिवारलाई दुधमा निद्रा लाग्ने औषधी खुवाएको र पछि घाँटी रेटेको खुलासा गरिदियो ।

    शबनमका पिता शिक्षक थिए र परिवार आर्थिक रुपमा सम्पन्न थियो । यो उनको घर हेरेर पनि अनुमान गर्न सकिन्छ । मारिएका सबैलाई यसै घरको परिसरमा एउटै लाइनमा राखेर गाडिएको छ ।

    हत्याकाण्डका बेला शबनम २७ वर्षकी थिइन् । पश्चिमी उत्तर प्रदेशको यो इलाकामा साधारणतया २०–२२ को हुँदा नै युवतीको विवाह गरिने चलन छ तर एमए पास शबनम गाउँकै एक स्कूलमा शिक्षिका थिइन् र थप पढ्न चाहन्थिन् । शबनमकी काकी फातिमाले भनिन्, ‘विवाहको प्रस्ताव आउँदा अस्विकार गर्थिन् । आफूले नै रोजेको सँग विवाह गर्छु भन्थिन् ।’

    शबनम र सलिमको प्रेम प्रसंगबारे सोध्दा धेरै काम मानिसहरु बोल्ने गरेको एक भारतीय सञ्चार माध्यमले बताएको छ । स्रोतले गाउँलेसँग छुट्टा छुट्टै कुरा गरेर यस्तो उनीहरुबारे यस्तो निष्कर्ष निकालेको छ–

    सलिम–शबनमबीच प्रेम छ भन्ने थाहा भएपछि शबनममाथि प्रतिबन्ध लगाउन थालिएको थियो । शबनम कुनै पनि हालतमा सलिमसँग विवाह गर्न चाहन्थिन् तर यो सहज थिएन । दुबैको जाती पनि भिन्न थियो र आर्थिक स्थिती पनि । यस्तै शबनम अस्थायी शिक्षिका थिइन् जो चाँडै नै स्थायी हुन लागेको थिइन् भने सलिम एक आरा मेसिन चलाउने काम गर्दथे ।

    सलिमका एक विशेष साथीले आफ्नो नाम नबताउने शर्तमा भने, ‘मलाई राम्रोसँग थाहा थियो कि शबनमसँग उसको चक्कर चलिरहेको थियो । शबनम ऊसँग विवाह गरेर घरबार बसाउन चाहन्थिन् । तर सलिमको ध्यान भने उनीमाथि भन्दा पनि उसको सम्पत्तिमाथि थियो । उनले जब विवाहका लागि दबाब दिन्थिन् तब उसले ‘तेरो परिवार बीचमा छ’ भन्ने गर्दथ्यो । त्यति नै बेला शबनम गर्भवती भएकी थिइन् । त्यसपछि सलिममाथि दबाब थप बढेको थियो ।’

    सलिमका साथी भन्छन्, ‘उसले शबनमलाई ‘तँ मलाई पाउनका लागि आफ्नो परिवारलाई नष्ट गर्न सक्छस् ?’ भनेर सोध्थे । सलिमलाई लागेको थियो कि यो कुराले शबनम पछि हट्नेछिन् । तर उनीहरु यति अघि बढे कि कसैले सोच्न पनि

    सक्दैन ।’

    शबनमको घरको अगाडि जुटेको भीडमा केही युवती पनि देखिन्छिन् । तर सोध्दा कसैले केही बोल्दैनन् । शबनमकी एक साथी केही बोल्न खोजिरहेकी थिइन् तर उनका श्रीमानले उनलाई केही भन्नबाट रोके । गाउँमा मुस्लिमको बाहुल्यता छ । केही युवा शबनमको कुरा गर्दा मुस्कुराउँछन् र उनीहरुबीच ठट्टा सुरु हुन्छ ।

    के शबनम र सलिमको प्रेम विवाह हुनसक्थ्यो ? यो प्रश्नमा मानिसहरुले गाउँमा कसैको पनि प्रेम विवाह नभएको बताए । तर शबनमकी काकी फातिमा भन्छिन्, ‘यति उनी भागेको भए त यति ठूलो काण्ड हुने थिएन । पछि सबैकुरा ठिक हुन्थ्यो ।’

    केहीले भन्छन्, ‘शबनम र सलिमले परिवारको हत्या गरेपछि सबै सम्पत्ति आफ्नो हुने र दुबैले त्यसपछि विवाह गरेर बस्ने योजना बनाएका थिए होलान् । यो हत्याकाण्ड यसैको नतिजा हो । तर अब दुबैजना भिन्न जेलमा बन्छ छन् र मृत्युदण्ड कुरिरहेका छन् ।’

    जेलमा नै हुँदा शबनमले छोरालाई जन्म दिएकी छिन् जो अब एक पत्रकारको घरमा हुर्किरहेको छ । गाउँकै एक वृद्धा भन्छिन्, ‘उसको एउटा छोरा छ, उनलाई मृत्युदण्ड दिइनु हुँदैन । ’

    कतिले भन्छन्, ‘शबनमले लामो समयसम्म जेलमा बिताइसकेकी छिन्, उनलाई फाँसी दिएर केही हासिल हुनेछैन ।’

    यस्तै अर्का एक व्यक्ति भन्छन्, ‘शबनमलाई फाँसी हुनैपर्छ । हामी सबैका पनि सन्तान छन् । यदि सजाय नदिइए जोसुकैले आफ्ना आमा–बुवाको घाँटी दबाइदिनेछ ।’

    शबनमको घरमा अब उनका काका सत्तार अलीको परिवार बसिरहेको छ । जग्गा जमिन पनि उनैले हेरिरहेका छन् । के उनीहरुले शबनमको छोरलाई सम्पत्ति देलान् ? यो प्रश्नमा उनी भन्छन्, ‘उनको छोरालाई त अदालतले नाजायज मान्छ भने उसलाई यो जग्गा जमिन कसरी बाँडफाँट गर्न सक्छौं ?’

    शबनमकी काकी फातिमा भन्छिन्, ‘हामी त उसको शव पनि बुझ्दैनौं । अब उसको यहाँ केही पनि छैन । उनी आफैंले सबैकुरा नष्ट पारिन् ।’

    शबनमका काका र काकी उनको विषयमा कट्टर छन् । उनीहरु भन्छन्, ‘अहिलेसम्म त मृत्युदण्ड दिएर सबै खेल समाप्त भइसक्नु पर्ने हो । थाहा छैन किन, सरकारले उसलाई पालिरहेको छ । यदि कुनै इस्लामी देशमा उसले यस्तो गरेको भए उनको उहिल्यै मृत्युदण्ड भइसक्थ्यो । ’

    शबनमकी काकी फातिमालाई उनको विषयमा कुनै अफसोस छैन ।

    तर हत्याकाण्डका बेला गाउँका प्रधान रहेका आस्ताने अली भन्छन्, ‘शबनम जेल भित्रै सडेपनि उनलाई मृत्युदण्ड भने दिइनु हुँदैन । उनको सम्पत्ति कि त उनको छोरालाई दिइनुपर्छ कि सरकारले जफत गर्नुपर्छ । उसको काकाले त सम्पत्ति बेचिरहेका छन् ।’

    सलिमकी आमा भन्छिन्, ‘मेरो छोराले यस्तो गर्न सक्दैन’

    सलिमको परिवार पनि शबनम बस्ने गाउँ नजिकैको गाउँमा बस्छन् ।  भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँका मानिसहरु खासै कुरा गर्नका लागि छैनन् । उनकी आमाले छोराबारे कुरा गर्र्दै भनिन्, ‘हामी जेलमा सलिमलाई जहिल्यै भेट्छौं तब उसले आफूलाई त्यहाँबाट निकाल्न बिन्ति गर्छन् । म त आमा हुँ, म जे सोच्नु त्यो बताउन सक्दिनँ । मेरो छोराले यस्तो गर्न सक्ला भनेर म विश्वास पनि गर्न सक्दिनँ । म त यहि प्रार्थना गर्छु कि अल्लाहले मेरो छोरालाई फिर्ता गरिदिउन् । ’

    के कहिल्यै शबनम–सलिमका छोरा ताजलाई भेट्नुभएको छ भनेर सोधिएको प्रश्नमा उनले आँसु निकाल्दै भनिन्, ‘म त्यो बच्चाबारे के भनूँ, ऊ त अबोध छ ।’

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.