गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृ’त फे’ला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-१ बारपकमा १ जना बालिका, १ जना बृद्ध र १ जना महिला गरी ३ जना मृ’त फे’ला परेका हुन् ।
मृ’त भे’टिनेमा ८४ वर्षीय बृद्ध डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया बालिका उषा गुरुङ छन् ।
जिल्ला प्र’हरी कार्यालय गोरखाका प्रमख प्र’हरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङका अनुसार मृ’त भे’टिएका तीनै जनाको मुखबाट फिँ’ज निस्किएको छ ।
आइतबार राति ‘राम्रैसँग सुतेका’ उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि छिमेकीहरु घरमा हेर्न गएका थिए । बाहिरबाट बोलाउँदा समेत नआएपछि झ्याबाट हेर्दा अस्व’भाविक अ’वस्था देखेपछि उनीहरुले प्र’हरीलाई खबर गरेका थिए ।
स्थानीयको खबर पछि बारपाक प्रहरी चौकीबाट प्रहरीको टोली घ’टनास्थल पुगेको छ । प्रहरीको टोलीले घ’टनास्थलमा प्रारम्भिक अनु’सन्धान गरिरहेको एसपी गुरुङले जानकारी दिए ।




