बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो ।
बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार, मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको छ। त्यस्तै मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ ।
पुजारीले बुधबार साँझ पूजा गरेर घर गएकोमा आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको प्राप्त समाचारमा जनाइएको छ।




