पोखरा, २१ साउन
जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल
प्रशिक्षण गराएका छन् । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल
प्रशिक्षक इतारुले करिब ६० जना विद्यार्थीलाई दुई दिन प्रशिक्षण गराएका हुन् ।
इतारुले गण्डकी विश्वविद्यालय र अन्य ७ विद्यालयका विद्यार्थीहरुलाई शनिबार र
आइतबार फुटबल प्रशिक्षण गराएका हुन् । प्रशिक्षक इतारुले शनिबार अवलोकन र
अभ्यास, आइतबार फुटबलका सैद्धान्तिक प्रशिक्षण गराएका हुन् ।
गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक
स्नातक तहमा चार वर्षे कार्यक्रम ।।।ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (
बिएसएम)को अध्यापन भइरहेको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय
हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै
विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ
।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको
नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र
विकासलाई विशेष प्राथमिकता दिइरहेको ।।।ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (
बिएसएम) कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले बताए ।
२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा
पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको
पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा
शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
गण्डकी विश्वविद्यालयको आयोजनामा विद्यार्थीलाई जापानी कोच इतारुको प्रशिक्षण
गण्डकी विश्वविद्यालयको आयोजनामा विद्यार्थीलाई जापानी कोच इतारुको प्रशिक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




