आँखा पाक्ने रोगको संक्रमणदेखिएपछि पोखरा महागरपालिका भित्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाका अनुसार बुधबारदेखि शक्रबारसम्म विद्यालय बन्द गरिने भएको होे ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भएको शिक्षक अभिभावक संघ, शिक्षक, लगायत सरोकारवालापक्षबीचको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । विद्यालय बन्द बारेको सूचना आज जारी गरिने आचार्यले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो । आँखा पाक्ने रोगको संक्रमण बढेपछि केही विद्यालय यस अघि नै बन्द भएको महाशाखाको भनाइ छ ।




