• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

मुख्य प्रशिक्षक फिलिप्स भन्छन्- नेपाल एसियन कपमा छनोट हुने सम्भावना छ

  •  संवाददाता
  • शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    Advertisement
    nepal coach

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् ।

    अखिल नेपाल फुटबल संघ ९एन्फा०ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
    फिलिप्सले अब एक वर्षभन्दा बढी समयदेखि रिक्त महिला टिमको प्रशिक्षकको रुपमा काम थाल्नेछन् । प्रशिक्षक नियुक्त भएपछि फिलिप्सले यस कामका लागि आफू गम्भीर रहेको बताएका छन् । उनले नेपाली महिला फुटबलको भविष्य राम्रो रहेको भन्दै अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका हुन् ।

    एन्फासँगको कुराकानीमा फिलिप्सले भने, ‘मैले यस कामलाई सिरियस रुपमा लिएको छु । म यसका लागि इच्छुक पनि थिएँ । त्यही कारणले गर्दा हामीसँग ठूलो अवसर छ फुटबल विकास गर्नको लागि । महिला खेलाडीहरुले नेपालको राम्रो प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय लिग भयो । नयाँ खेलाडीहरु आएका छन् । एक्साइटिङ ट्यालेन्टहरु छन् । एएफसी कपमा छनोट हुने अवसर छ ।’

    एसियन कप २०२२ जनवरीमा भारतमा हुँदैछ । जसमा १२ टिमले भाग लिने छन् । आयोजकको हैसियतमा भारत छनोट भइसकेको छ । यस्तै २०१८ को संस्करणमा शीर्ष तीनमा रहेका जापान, अष्ट्रेलिया र चीन पनि सिधै छनोट भइसकेका छन् ।

    अब बाँकी ८ स्थानका लागि २०२१ को सेप्टेम्बर १३ देखि २५ सम्म एएफसी कप क्वालिफायर हुनेछ । जसमा नेपालले समेत खेल्दैछ । छनोट चरणका खेल सेप्टेम्बरमा हुने तय छ । एन्फाले पनि एउटा समूहको छनोट खेल आयोजना गर्न बिडिङ गरेको छ ।

    प्रशिक्षक फिलिप्सले त्यसका लागि अहिलेदेखि योजना बनाएर अगाडि बढ्ने बताए । उनले राष्ट्रिय लिगबाट उत्कृष्ट खेलाडीहरु छनोट गरिने र उनीहरुलाई मासिक प्रशिक्षण दिने बताए । उनले खेलाडी छनोट गरेर क्याम्प सुरु गर्ने बताए । ‘केही फरक मेथड प्रयोग गर्ने ट्रेनिङ फिलोसोफी लागु गर्ने योजना छ,’ फिलिप्सले भने,’अर्को महिनासम्म क्याम्पको लागि टिम तयार हुन्छ ।’

    त्यसपछि राम्रो लेभलका खेलाडीहरु छनोट गरिने उनले बताए । उनले उत्कृष्ट खेलाडी छान्दै अन्तिमा २३ खेलाडी छनोट गरिने बताए । हरेक महिना प्रशिक्षित गरिने र युवा खेलाडीलाई पनि समावेश गर्ने उनले बताए ।

    फिलिप्सले नेपाली महिला फुटबलको भविष्य राम्रो देखेका छन् । त्यसका लागि ग्रासरुटदेखि सबै प्रदेशमा गएर उत्कृष्ट प्रतिभाहरु खोज्ने बताए । ‘हामी ग्रासरुटदेखि महिला खेलाडीको विकास गर्न चाहन्छौँ । सिस्टम र प्रोसेसअनुसार राम्रो खेलाडी बनाउने हो । महिला फुटबलको भविष्य राम्रो छ । त्यो हाम्रो दायित्व हो,’ फिलिप्सले भने, ‘हामी सबै प्रदेशमा खेलाडी हेर्छौँ र ट्यालेन्छ हेर्छौँ । उनीहरुको पहिचान गर्छौँ र अवसर दिन्छौँ ।’

    नेपाली महिला फुटबल एसियामा राम्रो रहेको फिलिप्सको बुझाइ छ । फिलिप्सले यसअघि पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षण सम्हालेका थिए । ‘नेपाल एसियामा राम्रो छ । एसियन कपमा १२ टिम जान्छ । हामी एसियामा शीर्ष १५औं भित्र पर्छौँ । फिलिप्सले भने । एसीएन कपमा छनोट हुने चाहना धेरै छ,’ उनले भने ।

    यस्तै फिलिप्सले सावित्रा भण्डारी साम्बा घाइते हुनु निराशाजनक रहेको बताए । ‘साम्बा घाइते हुनु निराशाजनक हो । म खुशी छैन । उनी राम्रो खेलाडी हुन्,’ फिलिप्सले साम्बाबारे भने, ‘उनले अष्ट्रेलियाको लिग खेल्न सक्छिन् । यदि युरोपमा नभए पनि एसियाको कुनै पनि लिग खेल्न सक्छिन् । उनको राम्रो पक्ष भनेको उनी आफ्नो वरपर अरु खेलाडी विकास गर्न सहयोग गर्छिन् ।’

    फिलिप्सले साम्बालाई मिस गर्ने बताउँदै चाँडै राम्रो उपचार हुने र चाँडै मैदान फर्कने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य एसियन कप हो र साम्बा फेरि खेलमा फर्कनेछिन् भन्ने आशा छ,’ उनले भने ।

    राष्ट्रिय लिगमा पुलिसविरुद्धको खेलमा साम्बा घाइते भएकी छिन् । उनको एसिएल च्यातिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । साम्बा कम्तीमा ९ महिना मैदान बाहिर हुनेछिन् । लिगमा सर्वाधिक ४३ गोल गरेकी उनी बेस्ट फरवार्ड घोषित भएकी थिइन् ।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
    खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.