केही दिन यता परेको अविरल वर्षाको कारण पहिरोले काहुँखोला मादी गाउपालिकाको वडा नम्बर ६ स्थित चिप्ली खोलाको आडमा गएको पहिरोकाकारण सिक्लेस सडक अवरुद्ध भएको छ ।
यसैबीच मादी ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले आज एकाबिहानै सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै निरन्तर झरी जारी रहेको लगातार पहिरो जाने क्रम नरोकिएकाले बाटो सफा गर्न असम्भव भएकाले केही दिन काहुँखोला(सिक्लेस सडक अबरुद्ध रहने जानकारी दिएका छन्। दिनदिनै बाटो सफा गर्दा गर्दा हैरान भएको तर पहिरो जाने क्रम नरोकिएकोमा दिक्क मान्दै वडाध्यक्ष क्षेत्रीले चिप्ली खोलाको आडमा गएको
पहिरो सफा नगरेसम्म तत्कालको लागि बिचको झोलुंगे पुल तरेर यात्रा गरिदिनु अनुरोध गरेका छन्।
वडाध्यक्ष क्षेत्रीले यात्रुहरुलाई वारीपारि गरि पोखरादेखि चिप्लीखोलासम्म र चिप्लीदेखि सिक्लेससम्म लाने(ल्याउने कार्य गर्न सकिने जानकारी दिदै सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई पर्न गएको असुविधा प्रति क्षमा पनि मागेका छन्।




