डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई प्रदान गरिने भएको छ ।
डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन पुरस्कार अर्पण गर्दै आइरहेको छ ।
कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्न लागिएको हो ।
मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् ।
नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा र समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि १० हजार ५ सय रुपैयाँ रहेको छ । पुरस्कार असोज ३ गते पोखरामा प्रदान गरिनेछ ।




