युवतीमाथि बला’त्कार पछि लुटपाट गरेको आरोपमा सुनसरी प्र’हरीले १ पुरुषलाई प’क्राउ गरेको छ ।
भिडियो शेयरिङ सो’सियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई होटलमा बोलाइ बला’त्कार पछि लु’टपा’ट गरेको आरो’पमा प्र’हरीले कास्कीका पुरुषलाई इटहरीमा प’क्राउ गरेको हो ।
पी’डित युवतीको उ’जुरीका आधारमा इलाका प्र’हरी कार्यालय इटहरीको टोलीले प’क्राउ गरेको हो । प’क्राउ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।
प्र’हरीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवतीमाथि क’रणी गरेर राजीव पी’डित युवतीकै गरगहना र पैसा लिएर फ’रार भएका प्र’हरीको भनाइ छ ।
कास्कीबाट गत माघ २५ गते इटहरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए । होटलमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्र’हरी कार्यालयमा जाहेरी परेको थियो ।
इटहरीकी युवतीमाथि बलासत्कार र ठ’गी गरेर फ’रार भएका गुरुङलाई झापाकी महिला भेट्न जाँदै गर्दा इटहरीबाटै प’क्राउ गरेको प्र’हरीले जानकारी दिएको छ ।
इटहरीकी युवतीलाई ठ’गी गरेर गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट प’क्राउ परेका हुन् ।




