पोखरा १, असोज
यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने
भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष
पौडेल सम्मानित हुन लागेका हुन् ।
पुरस्कार छनौट समितिले कान्तिपुर टेलिभिजनका उप सम्पादक पौडेललाई उक्त पुरस्कार
अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैया नगद रहेको छ । पुरस्कार
संस्थाको साधारण सभाको अवसर पारेर प्रदान गरीने प्रालिका प्रबन्ध निर्देशक अमृत
तिमिल्सीनाले जानकारी दिए ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका पत्रकार पौडेल विगत १७ वर्षदेखि
पत्रकारीता पेशामा क्रियाशिल छन् । पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन, एभिन्यूज
टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका
संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् ।
पौडेल पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ
कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भईसकेका छन् । उनी विभिन्न
सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भईसकेका छन् ।




