दोस्रो देश्ना चन्द स्मृति भेट्रान्सकपको उपाधी ब्रदरहुडलाई
पोखरा १२ फागुन–पोखराको टुडिँखेल मैदानमा सम्पन्न दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स ९३५ वर्ष माथि० सेभेन ए साइड नयाँ गल्ली कप फुटबल प्रतियोगिताको उपाधी ब्रदरहुडले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा गार्डेन भेट्रान्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधी हात पारेको हो उपाधी संगै ब्रदरहुडले ७० हजार तथा उपविजेतामा सिमित गार्डेनले ४० हजार रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगिताको उत्कष्ट खेलाडी ब्रदरहुडका मनोज गुरुङ घोषित भए । उनी उत्कृष्ट स्ट्राइकर घोषित समेत भए । यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर गार्डेनका विकास गुरुङ, उत्कृष्ट गोलरक्षक ब्रदरहुडका रिम पुन, उत्कृष्ट मिडफिल्डर गार्डेनका मान बहादुर गुरुङ र उच्च गोलकर्ता भ्याली स्पोर्टसका विजय गुरुङ घोषित हुन पुगे । उनीहरुले ट्रफि हात पारे ।
गार्डेन भेट्रान्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधी
गार्डेन भेट्रान्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




