ग्राहकबाट बढी बिल उठाएको आरोपमा प्रहरीले पोखराका दुई डान्सबारका दुई जनालाई पक्राउ गरेको छ। ड्रागन डान्स बारका म्यानेजर पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टार डान्स बारका कर्मचारी २० वर्षीय प्रबिण खड्कालाई प्रहरीले ग्राहकबाट बढी बिल उठाएको आरोपमा पक्राउ गरेको हो।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।
बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने प्रबन्धक र कर्मचारी पक्राउ परेका बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए उनीहरु दुवै जनालाई अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




