विभागीय त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनलको पहिलो सेटमा आर्मीले सानदार प्रदर्शन गर्दा हेल्प नेपालमाथि २५–२० को सहज जित निकाल्यो । हेल्प नेपाल दोस्रो सेटमा भने खेलमा फर्कियो २७–२५ ले सेट जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए ।
तेस्रो सेटमा आर्मीले २५–२३ ले सेट आफ्नो पक्षमा पार्दै अघि बढाए ।
हेल्प नेपालले २४–२२ को स्थितिमा रहँदा आर्मीले अंक बटुल्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि हेल्प नेपालले पाँच म्याच प्वइन्टमा सेट आफ्नो पक्षमा पार्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउदा खेल पाँचौं सेटमा लम्बियो ।
पाँचौं सेट बराबरीकै अवस्थाबाट हेल्प नेपाल लगातार म्याच प्वइन्टमा पुग्दा २२–२० को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।
हेल्प नेपालका फखर उद्दिन केल्मी प्लेयर अफ दि म्याच घोषित भए ।
हेल्प नेपालले ५ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको पुलिस १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।




