• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न असफल

  •  संवाददाता
  • शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement

    पर्वत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो ।

    कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् । वृद्ध दम्पतीलाई हत्या नै गर्नुपर्ने कुनै कारण नदेखिएको स्थानीय लालबहादुर अधिकारीले बताए । अकल्पनीय र सुन्नै नसकिने घटनाले गाउँ नै शोकमग्न बनेको उनको भनाइ छ । दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् ।

    नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली अहिले पनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शङ्कास्पद व्यक्तिलाई शोधपुछ गर्ने, बयान लिने र अन्य प्राविधिक कोणबाट अनुसन्धान कार्य जारी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

    जिसी दम्पतीलाई लुटेराले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गर्नेजस्ता घटनाले लुटेरा समूहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ । जिसी परिवारले एक सातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारीसमेत गरेको खुलेको छ ।

    जग्गा खरिदका लागि रकम जुटाइरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतीको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निष्कर्ष छ । दम्पतीको हत्या सम्पत्ति लुट्ने उद्देश्यले भएको निष्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ ।

    जिसी परिवारका बारेमा पहिचान भएकै व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भुसालले बताए । जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिए । वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ ।

    उनीहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख, रोक्का भएको जग्गाबाट रु पाँच लाख ऋण लिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएको जनाइएको छ ।

    त्यसैगरी मल्लाज बहुद्देश्यीय सहकारी संस्थाबाट यही चैत २७ गते रु १० लाख लिने तयारी रहेको स्थानीयले बताएका छन् । उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शङ्कामा लुटपाट गरेको र त्यस क्रममा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.