पोखरा, १९ वैशाख ।
कास्कीको मादी गाउँपालिका ३ याङजाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ ।
याब्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको
बुधबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको
क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवद्र्धन, संस्कृति
संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न
लागिएको उनले बताए ।
मेलामा विभिन्न खेलकुद गतिविधिसहित साँस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । ।।।
हामीले २५६८ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका
हौं,’ उनले भने, यस मेलाले मादी गाउँपालिका र याङजाकोटको पर्यटन क्षेत्रमा
सहयोग पुग्ने आशा राखेका छौं ।’
उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता
हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५५
हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुबले जानकारी दिए ।
ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेतालाई
नगदको साथमा प्रमाणपत्र, फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका
निवर्तमान अध्यक्ष विकास गुरुबले जानकारी दिए । १८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले
ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । साथै, लगातार ३ वर्ष जित्नेका लागि
रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितियले २० हजार रु
पैयाँ पाउनेछन् ।
रस्सा कस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार
प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया
पुरस्कार पाउनेछन् ।
मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा
सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए । उनले भने, हाम्रो त्यहाँ ११ वटा
होमस्टे र २ होटल छ । महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन
गर्नेर्छौ ।’
बुद्ध जयन्तीमा याङजाकोटमा मेला हुने
बुद्ध जयन्तीमा याङजाकोटमा मेला हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




