पोखरा २६ बैशाख ,
मातातिर्थ औंसि अर्थात आमाको मुख हेर्ने दिनको अबसरमा पोखरामा रहि राईड सेयरिङ एप मार्फत राईड गर्ने युबाहरुको समूह राईडर्स पोखरा नेपाल च्एल् द्वारा पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई रु । एघार हजार मुल्य बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।।
राईडर्स पोखरा नेपाल समुहका अध्यक्ष सुनिल भुजेलको नेतृत्वमा उक्त कार्यक्रम राखिएको थियो ।खाद्यान्न बितरण कार्यक्रममा बोल्दै अध्यक्ष भुजेलले आजको दिनमा युबाहरु पनि सामाजिक कार्यमा यसरी सकृय रुपमा लाग्नु गौरबको कुरा रहेको बताएका छन् एक दिनको खाजा रकम बचाएर भए पनि मानव सेवा आश्रमलाई खुशी मनले सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको समग्र राईडर्सले बताएका छन्।
बिगत २ बर्ष देखि पोखरामा रहि राईड सेयरिङ एप मार्फत राईड गरेका राईडर्सहरुले कानुनी बातावरण अझै सहज भैदिएमा देशमा नै युबाहरु स्वरोजगार भई आफ्नै देशमा काम गर्न सकिने कुरामा जोड दिएका छन्।
सरकारी तवरबाट पब्लिकको आवाज लाई सुनी राईड सेयरिङ एपलाई मर्यादित ढंग बाट अघि बढाउनु पर्ने कुरामा संपूर्ण राईडरहरुले आ आफ्ना धारणा राखेका थिए ।
राईडर्स पोखरा नेपाल द्वारा मानव सेवा आश्रम लाई सहयोग हस्तान्तरण ।
राईडर्स पोखरा नेपाल द्वारा मानव सेवा आश्रम लाई सहयोग हस्तान्तरण ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




