पोखरा, २१ जेठ ।
पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट
पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट
प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो ।
पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर
प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा
हस्ताक्षर भएको हो । उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई
इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी स्क्यान, बेड शुल्क, ल्याब टेष्ट, हेल्थ प्याकेज,
फार्मेसीलगायत सेवामा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको वडाध्यक्ष किरण बरालले
जानकारी दिए ।
अस्पतालसँग छुट दिने गरी पोखराका ३३ वडामध्ये पोखरा १३ ले सुरुवात गरेको वडाध्यक्ष
बरालले बताए । उनले भने, ‘३३ वडा मध्ये यो पहिलो हो । यो सम्झौतापछि वडाबासी राहत
पाउन अपेक्षा लिएको छु ।’
पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट
पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




