• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १४ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १४ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १४ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १४ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

१७औँ युरोकप शनिबारदेखि जर्मनीमा सुरु हुँदै

  •  संवाददाता
  • शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement

    विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबललाई तरङ्गित बनाउने अर्को महत्त्वपूर्ण प्रतियोगिता हो, युरोकप । विश्व फुटबलका धुरन्धर खेलाडीहरूको जमघट र मैदानमा उत्कृष्टताका लागि गरिने घम्साघम्सी नै वास्तवमा यो प्रतियोगिताको सबैभन्दा स्वादिलो पक्ष हो ।

    प्रतीक्षाको घडी सकिएको छ । युरोकपको १७औँ संस्करण नेपाली समयअनुसार, शनिबारदेखि जर्मनीमा सुरु हुँदैछ । यस पटक जर्मनीका १० वटा सहरका रंगशालामा युरोकपका खेल हुँदैछन् । प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको छ ।

    शनिबार बिहान १२ः४५ बजे आयोजक जर्मनी र स्कटल्यान्डबिच म्युनिखमा हुने खेलसँगै युरोकपको १७औँ संस्करणले गति लिनेछ । उद्घाटन खेल सुरु हुनुअघि भव्य उद्घाटन समारोह पनि आयोजना गरिने भएको छ ।

    सहभागी टोलीहरू पछिल्लो प्रदर्शन, विश्व चर्चित खेलाडीहरूको लय, समर्थकहरूको अधैर्य प्रतीक्षा अनि, फुटबल पण्डितहरूको विभिन्न अनुमानलाई आधार मान्ने हो भने युरोकपको यो संस्करणले विशेष छाप छोड्ने निश्चित छ ।

    यस पटक इङ्गल्यान्ड र फ्रान्सलाई युरोकपको बलियो दाबेदारका रूपमा हेरिएको छ । नतिजा अर्कै पनि आउन सक्छ । आखिर फुटबल न हो । कसले पो ठोकुवा गर्न सक्छ र । पछिल्लो समय पोर्चुगल, स्पेन र बेल्जियम पनि कम छैनन् । उनीहरूले पनि आफ्नो उत्कृष्ट प्रदर्शनबाट धेरैको मन–मस्तिष्कमा गहिरो छाप छाडेको यथार्थलाई कसरी भुल्न सकिएला  ।

    उसै पनि, खेल जीवनको उत्तरार्धतिर आफूभित्र उपाधिको तीव्र मोह जागेको बताउँदै आएका छन्, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले । उमेरले ३९ वर्ष पुगिसकेका समकालीन विश्व फुटबलका महान खेलाडी रोनाल्डो युरोकपमा अन्तिम पटक आफ्नो त्यही ‘उपाधि मोह’ पुरा गर्ने लालसामा रहने छन्  ।

    त्यसैले मैदानमा रोनाल्डोको खुट्टाको जादुसँगै सम्भवतः अन्तिम पटक युरोकपको मञ्चमा उनको नृत्य हेर्न पनि थुप्रै समर्थक लालयित देखिन्छन् । युरोकपमा रोमाञ्चक थप्न यसले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।

    अनि, साविक विजेता इटाली कमजोर छ त रु पक्कै पनि छैन । लुसियानो स्पालेट्टीको प्रशिक्षकत्वमा इटाली पनि उपाधि जोगाउने अभियानमा कम्मर कसेरै लागेको छ । बरु केही समय अघिसम्म आयोजक राष्ट्र जर्मनी नै तुलनात्मक रुपमा केही कमजोर देखिन्थ्यो ।

    तर, जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा जर्मनीले पनि पछिल्लो समय आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गर्दै गएको छनक दिएको छ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सधैँ अभागी टोलीको पगरी गुथ्दै आएको नेदरल्यान्ड्सलाई पनि यो युरोकपमा कम आँक्न मिल्दैन ।

    उपाधिका लागि मैदानमा घम्सा–घम्सी गर्ने टोलीहरूको प्रदर्शनले मात्र होइन, अन्य धेरै कारणले पनि यस पटक युरोकपले आफ्ना समर्थकलाई फरक स्वाद पस्कने निश्चित छ । युरोकपको १७औँ संस्करणका यस्तै केही विशेषताको विषयमा यहाँ उल्लेख गरिएको छ ।

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.