युरोकपमा फ्रान्स पराजित स्पेन फाईनलमा
जर्मनमा जारी युरोकपमा पहिलो सेमीफाइनल खेलमा स्पेनले २ – १ फ्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
खेलको नवौ मिनेटमा किलीयन एमबापेको पासमा फ्रान्सको रान्डालले हेड गर्दै गोलमा परिणत गरेका थिए । खेलको २१ औ मिनेटमा स्पेनको लामिन यमालले प्रहार गरेको बल गोलपोष्टको जाली चुमे संगै खेल बराबरी मा पुगेको थियो । पुनः खेलको २५ औ मिनेटमा स्पेनको नाभासको पासलाई खेरा नफाली ड्यानी ओल्माले गोल गर्दै जित लाई दोब्बर बनाएका थिए ।
खेलमा फर्किन निकै प्रयास गरेको फ्रान्स असफल भयो र स्पेनले जित हांसिल गर्यो ।
युरोकपको दोस्रो सेमिफाईनल आज राती १२ ः ४५ मा इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीच हनेछ । भने विजेतासग स्पेन फाईनल खेल्नेछ ।




