नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा । नबिल दिगो पाइला’ वाकाथन
पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका
छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा । नबिल दिगो पाइला’
वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने
उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम
गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले
बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि
वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए ।
शनिबार बिहान नबिल बैंक लेकसाइड शाखाबाट सुरु भएको वाकाथन वाराही मन्दिर गेट, फेवा
फुट ट्रयाक हुँदै विभिन्न ठाउँ परिक्रमा गरी नबिल बैंक लेकसाइड शाखामै पुगेर
समापन भएको हो । कार्यक्रममा पोखरास्थित बैंकका कर्मचारीहरु सहभागी थिए । पोखरासहित
प्रधान कार्यालय काठमाडौं लगायत देशभर बैंकले सो कार्यक्रम आयोजना गरेको थियो ।
बैंकले देशभर २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा
प्रदान गर्दै आएको छ ।




