• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरा लेखनाथमा करोड लगानी गरेर बनाएको रंगशाला संरक्षण नहंदा बन्यो घांसे मैदान

  •  संवाददाता
  • मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    Advertisement

    गण्डकी । सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए ।

    फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् ।

    आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् ।

    आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उनले भने, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।”

    पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ ।

    बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो ।

    राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताए ।

    खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उनको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उनले भने । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ ।
    कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए। “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि बेवास्ता गरिरहेको छ”, उनले भने ।

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.