• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बाँदर आतङ्कले आजित बागलुङका किसान

  •  संवाददाता
  • आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    Advertisement

    एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर पछिल्लो समय यहाँ बस्ती सुनसान छन् । यहाँ बसाइँसराइ गर्ने क्रम बढ्दो छ । गाउँमा भएका कोही युवा विदेश त कोही सहर छिरिसकेका छन् । अहिले यहाँ अधिकांश बूढापाका मात्रै छन् ।

    “उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैनन् । जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छन्”, जैमिनी नगरपालिका–४ की मायादेवी पौडेल भन्छिन्,“खानैका लागि बजारको अन्नमा भर पर्नु परेपछि यहाँ बसेर के गर्नु १ भनेर धेरैले यहाँबाट बसाइँ सर्दैछन् ।”

    उनले गाउँमा रहेका केही किसान पनि जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले आजित भएका बताइन् । बाँदर आतङ्ककै कारण धेरैले बसाइँ सरिसकेका र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ छ ।

    एक दशकअघिसम्म गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका हुन् । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा बढी छन् । युवा विदेशीने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेऊकै खेतबारी झाडीमा परिणत भएका छन् । जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन् ।

    बाँदरले करेसाबारीमा लगाएका बाली मात्रै होइन घरको बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने कृषक पौडेलले बताए । “यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो । बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ”, उनले सुनाए,“पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच–सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ ।”

    काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्छन् । “बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैनन्, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ”, उनले भने ।

    पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउँछन् । “पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ । आवाज मात्रै होइन मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन् । अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ ।”

    रासस

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.