गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप
परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्
। शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण
परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन्
। उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र
राख्न नहुने उल्लेख गरे ।
“सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन ।
आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ।”, उनले भने
। मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको सर्टिफिकेटको महत्व
ठूलो भएको उल्लेख गरे । उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले
समयानुसार सीपममुलक कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताए । नागरिकले
चाहेनुसारको रोजगार उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार
प्रतिबद्ध भएको भनाई उनको छ ।
मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमुुलक कार्यक्रमका लागि स्थानीय
तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको
जानकारी गराए । सिटीईभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले
परीक्षार्थीले प्राप्त गरेको सर्टिफिकेटको उपयोग सही हुने विश्वास लिएका छन् ।
कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।
सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा
सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




