काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ हिरो आइ लिगतर्फ फेब्रुअरी महिनाको प्लेयर अफ द मन्थ घोषित भएका छन् । त्यस्तै किरन कै टोली राउण्डग्लास पञ्जाब एफसीका मुख्य प्रशिक्षक कर्टिस फ्लेमिङ कोच अफ द मन्थ चुनिएका छन् ।
यस सिजन लिगको शिर्ष ६ मा परेर च्याम्पियनसिप स्टेजका लागि समेत छनौट भएको पञ्जाबको प्रदर्शनमा किरनको भूमिका र प्रशिक्षक फ्लेमिङको ट्याक्टिसलाई पनि प्रशंसनीय मानिएको छ । फेब्रुअरी महिनामा पञ्जाब एफसीले केवल २ अंक मात्र गुमायो भने विपक्षीको २ गोल मात्र खायो ।




