सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गर्न लागिएको हो।
साफ यु -२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै बंगलादेशले नेपालसँग फाइनल भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा आइतबार नेपालले भुटानलाई पेनाल्टी सुटआयटमै ४-१ ले पराजित गरेको थियो ।




