देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा।गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु लाग्दछ ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगु सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।




