• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तनहुँको देवघाट गाउँपालिकाले आयोजनामा श्रीमतीले श्रीमान् बोकेर दौडिने कार्यक्रममा

  •  संवाददाता
  • सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement

    १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित श्रीमतीले श्रीमान् बोकेर दौडिने कार्यक्रममा तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरिएको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो । उक्त दौड एक सय मिटरको थियो । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो ।

    महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

    श्रीमानलाई बोकेर दौडने भन्ने सुन्दा विष्णु अधिकारीलाई निकै अप्ठ्यारो लागेको थियो।

    श्रीमानलाई उचालेकोसम्म अनुभव नभएकी उनका लागि यो विल्कुलै नौलो कुरा थियो। तर सोमबार उनी श्रीमान पदम अधिकारीलाई बोकेर कुँदिनन् मात्रै श्रीमतीले श्रीमान बोक्ने प्रतिस्पर्धीको विजेता नै बनिन्।

    प्रतिस्पर्धीहरू देख्दा श्रीमान पदमलाई लागेको थियो अरु जोडी निकै तगडा छन्।

    ‘तर आफ्नै श्रीमती पो कडा निस्किइन्,’ उनले सुनाए।

    तनुहँको देवघाट गाउँपालिकाले सोमबार नारी दिवसको अवसर पारेर श्रीमातीले श्रीमान बोकेर दौडने अनौठो प्रतिस्पर्धीको आयोजना गरेको थियो।

    स्थानीय कालिका माविको प्रांगणमा गाउँपालिकाले एक सय मिटरको दूरीमा यस्तो प्रतिस्पर्धीको आयोजना गरेको थियो। प्रतिस्पर्धीमा २४ वर्षका युवादेखि ६५ वर्षीय वृद्धसम्म सहभागी भए।

    विद्यालय नजिकै घर भएका ६५ वर्षीय बमबहादुर थापा क्षेत्रीलाई ४५ वर्षीया श्रीमती सीताले ढाडमा बोकिन्।

    श्रीमान बोकेकी सीताले उमेरले आफू भन्दा साना र बलिया देखिनेप्रतिस्पर्धीलाई आत्थु–आत्थु पारिन्। यो जोडी प्रतिस्पर्धीकै तेस्रो बन्यो।

    ‘महिला दिवसका दिन महिलालाई खुसी बनाउनुपर्छ भनेर रमाइलोमा आएको,’ बमबहादुरले भने, ‘असाध्यै रमाइलो भयो।’

    सीताले जीवनमै पहिलो पटक श्रीमानलाई बोकेर दौडदा असाध्यै खुसी लागेको बताइन्।

    ३ महिना अघिमात्रै पाठेघरको शल्यक्रिया गरेकी सीता सापकोटा स्वास्थ्यको प्रवाह पनि नगरी श्रीमान बोकेर मैदानमा पुगिन्।

    ‘रमाइलोसँगै महिला सक्षम छन् भन्ने एउटा सन्देश पनि जाओस् भन्ने लागेर स्वास्थ्य अवस्था ठिक नहुँदा पनि मैदानमा आयौं,’ उनले भनिन्।

    दश जोडी सहभागी भएको प्रतिस्पर्धीमा श्रीमान नविनलाई बोकेकी गंगा गुरुङ दोस्रो भइन् भने भरतलाई बोकेर दौडिने श्रीमती उजेली चौथो भए।

    ‘देशमा महिला हिंसाका घटना बढिरहेको, महिलालाई अझै पनि घरबाट बाहिर जान रोकतोक रहने गरेको, सबै कुरामा सक्षम छैनन् भन्ने आरोप लाग्ने गरेको छ,’प्रतिस्पर्धी पदम अधिकारीले भने, ‘महिलाहरू सबै कुरामा सक्षम छन् भन्ने सांकेतिक प्रस्तुती यो प्रतिस्पर्धीले देखाएको छ।’

    गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आधा आकाश ढाक्ने महिलाहरू पुरूष जतिकै सबै क्रियाकलापमा सक्षम छन् भन्ने देखाउन मैत्रीपूर्ण प्रतिस्पर्धी आयोजना गरिएको बताए।

    उनले पतिपत्नीबीचको सुमधुर र सौहार्द सम्बन्धको विकास गर्न पनि यस्तो प्रतिस्पर्धी गरिएको उनले बताए।

    ‘जनयुद्ध र जनआन्दोलनको उपलब्धीस्वरूप देशमा संविधान बन्यो र संविधानले सबैलाई समान भनेको छ तर त्यो स्थापित हुन सकिरहेको छैन,’ उनले भने, ‘हामीले यही कुरालाई सबैमाझ जानकारी गराउनका लागि पनि प्रतिस्पर्धी राखेका हौं।’

    उनले आगामी वर्षदेखि यस कार्यक्रमलाई गाउँपालिकाको नियमित तालिकामै राखेर थप व्यवस्थित तवरले प्रतिस्पर्धी आयोजना गर्ने बताए।

    गाउँपालिकाले नारी दिवसको अवसरमा महिलाहरूको कुर्सी चाल प्रतियोगिता, गाउँपालिकाका सहायक कार्यकर्ताबीचको प्रतिभा प्रस्तुती कार्यक्रम पनि आयोजना गर्‍यो।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.