• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान

  •  संवाददाता
  • मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement

    संजय श्रेष्ठ
    पोखरा ०६ ,चैत २०७७

    कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।
    कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।
    हाइकिङ गरी अष्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छे« हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्ट्रेलियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आएका अष्ट्रेलियन क्याम्प गेष्टहाउस तथा रेष्टुरेण्टका सञ्चालक हरिबहादुर केसीले बताए ।
    “यो स्थान विशेषगरी विदेशी पर्यटकको रोजाइमा पर्दछ, सिजनमा पूरै क्याम्प नै भरिने गरी पर्यटक आउँथे”, केसीले भने, “सिजनको समयमा झण्डै दैनिक ३०० विदेशी पर्यटक आउने अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ ।” कोरोनापछि केही आन्तरिक पर्यटक हाइकिङका लागि मात्रै आउने गरेको केसीको भनाइ छ । अष्ट्रेलियन क्याम्पमा झण्डै रु तीन करोड लगानीमा होटल व्यवसाय सञ्चालनमा ल्याएका उनले अहिलेजस्तो सुनसान २० वर्षको अवधिमा कहिल्यै नभएको बताए । अहिले होटलमा कामदार छैनन् । परिवारका सदस्यमात्रै पर्यटक कुरेर बस्दै आएका छन् । कोरोनाअघि उक्त होटलमा चार कामदार थिए । अहिले होटलमा पर्यटक आउन छोडेपछि कामदारलाई बिदा दिइएको हो ।पन्ध्र वर्षदेखि अष्ट्रेलियन क्याम्पमा माछापुच्छ«े लज सञ्चालन गर्दै आएका शिव देवकोटाले अहिले घाँस, दाउरा गरेर समय कटाएको बताए । जङ्गलको बीचमा रहेको उक्त क्याम्प निकै मनमोहक छ । क्यापभित्र टेन्टमा बास बस्ने सुविधासमेत छ । टेन्टमा रात कटाउन पर्यटक रुचाउने गरेका छन् । “अहिलेको अवस्था शून्य छ, अब पर्यटक आउने आशा छ”, देवकोटाले भने, “पर्यटकलाई लक्षित गरी पालिएको बाख्रा, कुखुरा तथा तरकारी त्यसै छन्, पर्यटक आउँदा खोसाखोस हुन्थ्यो ।”

    चरिचरन रहेको अष्ट्रेलियन क्याम्पलाई पहिला स्थानीयवासीले ठूलो खर्कका रूपमा चिन्थे । माछापुच्छे« र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भूबनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त ठूलो खर्कमा २० वर्षभन्दा अघि अष्ट्रेलियालीहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’का नामले चिनिन थालेको हो । समुद्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको अष्ट्रेलियन क्याम्प अहिले पर्यटकको पर्खाइमा छ ।

    भौगोलिकरूपमा निकै रमणीय रहेको अष्ट्रेलियन क्याम्पको मुख्य आर्कषक अस्थायी क्याप खडा गरी टेन्टमा बस्नु हो । पहिला पर्यटक आफैँले टेन्ट तथा खानेकुरा लगेर जाने यस स्थानमा पछिल्लो समय होटल सञ्चालन हुनाले केही सहज भएको छ । अन्नपूर्ण तथा मर्दी हिमालको आधार शिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ निकै प्रख्यात भएको थियो ।

    यहाँका होटल व्यवसायीले सडक नभएका कारण मानिसलाई बोकाएर खाद्यान्न लैजाने गरेका छन् । यस क्षेत्रमा खानेपानीको भने समस्या छ । विदेशी पर्यटक आउन केही ढिला हुने भएपछि आन्तरिक पर्यटकलाई ल्याउन प्रचारप्रसारजस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनले कोरोनापछि घान्द्रुकमा आन्तरिक पर्यटक बढेको बताउँदै अष्ट्रेलियन क्याम्पमा पनि नेपाली पर्यटक पुग्न शुरु भइसकेको बताए ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.