• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ९ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ९ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ९ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ९ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

नवौ प्रधानमन्त्री कप एन .भी.ए भलिवल लिग पोखरामा हुँदै

  •  संवाददाता
  • बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा

    नेपाल भलिवल संघको आयोजनामा पोखरामा ‘नवौ प्रधानमन्त्री कप– एन।भी।ए महिला तथा पुरुष भलिवल लिग २०८२’ आयोजना हुने भएको छ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म कास्कीको पोखरामा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका शीर्ष क्लबहरूको सहभागिता रहनेछ । संघले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने र ३२ लाख रुपैयाँ बराबरको पुरस्कार राशी रहने जानकारी दिएको छ ।

    पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पोखरा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको शहर भएको उल्लेख गर्दै पोखरालाई भलिवुड सिटीको रूपमा स्थापित गर्ने दिशामा संघ अघि बढेको बताए । उनले यस प्रतियोगिताको सफल आयोजना गर्न सबै पक्षको सहयोग अपेक्षित रहेको भन्दै आगामी दिनमा काभा च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिता पनि पोखरामै आयोजना गरिने जानकारी दिए । उनका अनुसार अब त्यसका लागि धेरै कुर्नु पर्ने छैन ।

    प्रतियोगितामा पुरुष र महिला दुवै लिगमा उत्कृष्ट टिमलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रथम हुने टिमले पाँच लाख, दोस्रो हुनेले चार लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्भर, ब्लकर, लिबेरो, सेटर, स्पाइकर र प्रशिक्षकहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

    प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश लगायतका प्रमुख टिमहरूको सहभागिता रहनेछ । महिला तर्फ पनि एपिएफ, आर्मी, पुलिस र विभिन्न प्रदेशका टिमहरू प्रतिस्पर्धामा उत्रनेछन् । प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडीहरूको दुर्घटना बीमा गरिएको छ भने आवास, स्वास्थ्य, यातायात तथा अन्य व्यवस्थापनको पूर्ण तयारी गरिएको संघले जानकारी दिएको छ ।

    नेपालमै पहिलोपटक संघस्तरबाट आयोजना गरिन लागेको यो ठूलो लिग पोखरामा आयोजना गर्न पाउनु निकै ठूलो अवसर भएको संघका महासचिव रोशन श्रेष्ठले बताए । उनले पोखराका विभिन्न सरोकारवाला निकायहरूले देखाएको सकारात्मकता र सहयोगप्रति आभार व्यक्त गरे ।

    यस प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, क्याली नेपाल, नागरिक विकास बैंक, टोम्स फार्मास्युटिकल्स प्रा।लि। लगायतका संघसंस्था र व्यवसायिक साझेदारहरूले आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेका छन् । त्यस्तै मिडिया पार्टनरको रूपमा खेलकुद डट कम, मेडिकल पार्टनरमा चरक मेमोरियल अस्पताल, र इन्टरनेट पार्टनरका रूपमा वर्ड लिंकको साथ रहनेछ ।

    स्थानियस्तरमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, टाइगर ग्रुप अफ पोखरा, पोखरा भलिवल संघ र कास्की जिल्ला भलिवल संघको विशेष सहकार्य रहनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष याम बहादुर गुरुङ, पूर्व सचिव डिबी नेपाली लगायतले पनि मन्तव्य राखेका थिए ।

    बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.