• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

उत्तर कोरियामा विदेशी चलचित्र हेरेकै भरमा मृत्युदण्ड : राष्ट्रसंघको प्रतिवेदन

  •  संवाददाता
  • शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    Advertisement

    संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक महत्त्वपूर्ण प्रतिवेदन अनुसार उत्तर कोरिया सरकारले विदेशी चलचित्र तथा टेलिभिजन नाटक हेर्ने र बाँड्ने लगायतका कार्यमा संलग्न व्यक्तिहरूलाई पनि मृत्युदण्ड दिने गरेको पाइएको छ।

    प्रतिवेदनले उत्तर कोरियाले आफ्ना नागरिकमाथि थप कठोर नियन्त्रण कायम राखेको र उनीहरूको स्वतन्त्रतालाई झन् सीमित पारेको उल्लेख गरेको छ। दशकौंदेखि विश्वबाट अलग रहेको यो तानाशाही सरकारले जनतालाई थप श्रम शिविरमा पठाउने गरेको पनि प्रतिवेदनमा बताइएको छ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयको अध्ययनले पछिल्लो १० वर्षमा उत्तर कोरियाले नागरिकहरूको जीवनका सबै पक्षमा नियन्त्रण कडा पारेको निष्कर्ष निकालेको छ। प्रविधिको विकाससँगै निगरानी अझ व्यापक बनेको र आजको विश्वमा अरू कुनै पनि जनसंख्या यस्तो प्रतिबन्धमा नरहेको प्रतिवेदनमा उल्लेख छ।

    संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले यदि यो अवस्था जारी रहेमा उत्तर कोरियाली जनताले लामो समयदेखि भोग्दै आएको पीडा, क्रूर दमन र डरलाई थप सहनुपर्ने बताएका छन्।

    प्रतिवेदन ३०० भन्दा बढी उत्तर कोरियाली शरणार्थीहरूसँगको अन्तर्वार्तामा आधारित छ, जो पछिल्लो १० वर्षमा देशबाट भागेका थिए। यसमा मृत्युदण्डको प्रयोग बढ्दै गएको पाइएको छ।

    सन् २०१५ यता कम्तीमा ६ वटा नयाँ कानुन लागू गरिएका छन्, जसले मृत्युदण्ड दिन अनुमति दिन्छ। किम जोङ उनले जनताको सूचनामा पहुँचलाई सीमित पार्ने प्रयास स्वरूप विदेशी मिडिया सामग्री हेर्नु र बाँड्नुलाई पनि मृत्युदण्डको सजाय दिने अपराध बनाइएको छ।

    सन् २०२० यता विदेशी सामग्री वितरण गरेको अभियोगमा मृत्युदण्डको घटना बढेको शरणार्थीहरूले बताएका छन्। उनीहरूका अनुसार जनतामा डर पैदा गर्न र कानुन नतोड्न प्रोत्साहित गर्न सार्वजनिक स्थानमा फायरिङ स्क्वाड ९गोली हानेर० मार्फत मृत्युदण्ड दिइन्छ।

    सन् २०२३ मा भागेकी काङ ग्युरीले बीबीसीलाई बताएअनुसार उनका तीन साथीहरू दक्षिण कोरियाली सामग्रीसहित पक्राउ परेपछि उनीहरूलाई मृत्युदण्ड दिइएको थियो। उनले २३ वर्षीय एक साथीलाई मृत्युदण्ड दिइएको अदालती कारबाहीमा आफू उपस्थित भएको बताइन्। सन् २०२० यता मानिसहरूमा डर बढेको उनको भनाइ छ।

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.