कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गरेको हो ।
नेपालको जितमा समिर कुमारले खेलको ५२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा समिरले नै गोल गर्दै नेपाललाई जित दिलाएका थिए।




