काठमाडौँ । कागती खानु शरीरको लागि फाइदाजनक छ । यसको बोक्रा पनि निकै फाइदाजनक हुन्छन् । तर के तपाईँले कहिले कागतीको बोक्राको फाइदाहरूबारे सुन्नुभएको छ रु स्वास्थ्यको लागि कागती मात्रै होइन यसको बोक्रा पनि वरदान हो ।
भिटामिन ए, भिटामिन सी, पोटासियम, क्याल्सियम र फाइबर जस्ता तत्त्वहरूले भरिपूर्ण यी बोक्राहरूले शरीरलाई असङ्ख्य फाइदाहरू प्रदान गर्दछन् । यसबाहेक पनि यी बोक्राहरूमा एन्टिअक्सिडेन्ट गुणहरू पनि छन् जुन छालाको लागि लाभदायक मानिन्छ । आजको यस लेखमा हामी कागतीको बोक्राका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।
तौल घटाउनस्
कागतीको बोक्रामा पेक्टिन नामक पदार्थ प्रशस्त मात्रामा पाइन्छ, जसले तौल घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यदि तपाईं पनि तौल घटाउने यात्रामा हुनुहुन्छ आफ्नो मोटोपना कम गर्न तपाईँले कागतीको बोक्रा राखेर बनाइएको चिया पिउन सक्नुहुन्छ ।
छालाको समस्यामाः
कागतीको बोक्रामा प्रशस्त मात्रामा पोलिफेनोल पाइन्छ, यसमा एन्टी–एजिंग र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसको सेवन छालाको लागि फाइदाजनक साबित हुन सक्छ । छालासँग सम्बन्धित समस्याहरूबाट पीडित व्यक्तिका लागि यी बोक्रा फाइदाजनक हुन सक्छन् ।




