बिहीबार ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेलमा नेपाल र बंगलादेशले २-२ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा अग्रता लिएको भएपनि दोस्रो हाफको सुरुवाती समयमै नेपालले २ गोल बेहोरेको थियो । त्यसपछि इन्जुरी समयमा गोल फर्काएको हो ।
२९औं मिनेटमा रोहित चन्दले डिबक्सको बाहिरबाट रोहितले प्रहार गरेको गोल भएको थियो ।
दोस्रो हाफको ४६औं मिनेटमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले शानदार एक्रोब्याटिक गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसको ३ मिनेटमै हम्जाले पेनाल्टीमार्फत गोल गर्दै बंगलादेशलाई फेरि अग्रतामा ल्याए । खेल सकिन लाग्दा इन्जुरी समयमा अनन्त तामाङले नेपालका लागि बराबरी गोल गरे ।
नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।




