आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत विचौलियासँगै एकलाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो। स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।
दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




