• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सञ्चालन

  •  संवाददाता
  • मङ्गलबार, मंसिर १०, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

    नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ

    कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन भएको छ । तालिमको उद्घाटनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरुको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै तालिम सहभागी पत्रकारलाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गरेका छन् । उनले थपे,“एक उत्कृष्ट तस्बिरले हजार शब्द बयान गर्नसक्छ । पर्यटन प्रवर्द्धनमा तस्बिरको भूमिका अविश्वसनीय छ । हामीले अहिले पोखरा जति सुन्दर भनेर मानिसहरु घुम्न आइरहनुभएको छ, यहाँसम्म पर्यटक ल्याउन पत्रकार र पत्रकारहरुले खिचेका तस्बिरहरुको महत्वपूर्ण योगदान छ । त्यसैले क्यामेराको लेन्समार्फत यहाँको कथा संसारलाई सुनाउनु आजको आवश्यकता हो ।”

    बोर्डको गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछानले यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।
    त्यसैगरी यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावनाहरू पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । उनले भने, “पर्यटनको अथाह सम्भावना उजागर गर्ने सबैभन्दा प्रभावकारी माध्यम मिडिया नै हो । क्यामराको लेन्समा कैद गरिएका पर्यटन कथाहरु ग्लोकलदेखि ग्लोबल बजारसम्म पुर्‍याउने काम मिडियाले गर्दै आएको छ । तीनदिने यो तालिम पत्रकारका लागि अत्यन्तै फलदायी हुने हाम्रो विश्‍वास छ ।”

    अर्यालले बोर्ड र यूएनडिपीको दिगो पर्यटन परियोजनाले पीपुल, प्लानेछ, पिस, पोरेसपेरिटी र पार्टनसिप मोडलमा समुदाय, प्रकृति र बजारलाई जोडेर दीगो पर्यटन विकासका गतिविधि अघि बढाइरहेको उल्लेख गरेका छन् । उनले थपे, “समाजमा पर्यटनसम्बन्धी सकारात्मक सन्देशलाई अझ मजबुत बनाउने जिम्मा आजका पत्रकारको कलम र क्यामेरामा छ ।”
    राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे० का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गरेका छन् । उनले भने, “सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।ू

    दिगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा पर्यटकीय गन्तव्य, भाषा, संस्कृती र प्रकृतीका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने हामीले विश्वास लिएका छौं । उनले भने, ूदीगो पर्यटन परियोजनाले कञ्‍चनजंघा, मनास्लु र अपि पदमार्गहरुको प्रबर्द्धनका लागि काम गरिरहेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावना उजागर गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई पर्यटन र फोटो सम्बन्धी तालिम दिन लागिएको हो । यो तालीमले आगामी दिनमा पर्यटनसम्बन्धी समाचारहरुले प्राथमिकता पाउने हाम्रो विश्‍वास छ ।ू

    त्यसैगरी अर्का प्रशिक्षक प्रकाशचन्द्र तिमिल्सेनाले फोटो फिचर कसरी तयार गर्ने, तस्बिर कथाको महत्वलगायतका विषयमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट आएका करीब ३० जना पत्रकार सहभागी छन् । यस प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्‍ने विश्वास गरिएको छ ।

    मङ्गलबार, मंसिर १०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.