• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मिस तामाङ पोखरा–२०२६ प्रतियोगीहरूको तालिम तीव्र ः भाषा, संस्कृति, आत्मविश्वास र नेतृत्व विकासमा जोड

  •  संवाददाता
  • शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    Advertisement

    सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा सञ्चालन भइरहेको मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सहभागी प्रतिस्पर्धीहरूको तालिम कार्यक्रम निरन्तर रूपमा जारी रहेको छ। तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृतिसँगै आधुनिक जीवनका आवश्यक सीप प्रदान गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको हो।

    कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङका अनुसार हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिम प्रदान गरिसकेका छन्। तालिम दिनेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन, प्रहरी सहायक हवल्दार सुरज रिमाल, फिटनेसका इन्टरनेशनल सर्टिफाइड लेभल फोर प्रशिक्षक ज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेगमी माया गुरुङ, जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, तथा तामाङ भाषाविद् अजितमान तामाङलगायत रहेका छन्।

    तालिममा सहभागी युवतीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार र संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स जस्ता जीवनपयोगी विषयमा प्रशिक्षण दिइएको छ ।त्यसैगरी, स्टेज प्रस्तुति र आत्मविश्वास अभिवृद्धिका लागि कोरियोग्राफी तालिम जिता लामा, रोशिला ब्लोन तामाङ र राम लामाले गराइरहेका छन् । कार्यक्रमको अफिसियल फोटो भिडियो तथा कन्टेन्ट डाइरेक्टर गणेश बज्र लामा रहेका छन ।

    प्रतियोगीहरूले तालिममार्फत आफूभित्र आत्मविश्वास बढेको, सार्वजनिक रूपमा बोल्न सहज भएको र आफ्नो भाषा–संस्कृतिप्रति गर्व गर्न सिकेको प्रतिक्रिया दिएका छन्। “यो प्रतियोगिता केवल ताज जित्ने मात्र नभई आफूलाई चिन्न र सक्षम बन्ने अवसर बनेको छ,” एक सहभागीले भनिन् ।

    बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरालाई तामाङ समुदायको भाषा र संस्कार कागजमा मात्रै होइन, अभ्यासमा पनि जोगिनुपर्छ । त्यसैले मिस तामाङ पोखरा त्यही अभ्यासको जीवित मञ्च हो भन्दै कार्यक्रम केवल प्रतियोगिता मात्रै नभई सांस्कृतिक उत्तराधिकार हस्तान्तरण गर्ने अभियानको रूपमा परिभाषित गरे ।

    कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगिताले युवतीहरूको सोच र आत्मविश्वासमा स्पष्ट परिवर्तन देखिन थालेको बताइन । तालिमको केही दिनमै सहभागीहरू बोल्ने शैली, प्रस्तुति र सोचमा परिवर्तन देखिन्छ। हामी सौन्दर्य होइन, सजग, सक्षम र उत्तरदायी नेतृत्व तयार गर्दैछौँ। उनले भनिन ।

    मिस तामाङ पोखरा–२०२६ मा तामाङ समुदायका १२ जना युवती सहभागी छन्। सहभागीहरूमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा र प्रभा तामाङ रहेका छन्।

    प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेण्ड रनरअपले नगद ३० हजार, र भ्युअर्स च्वाइसतर्फ एक जनाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मिस तामाङ पोखरा–२०२६ को ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यही माघ ३ गते शनिबार आयोजना गरिनेछ ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.