• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मिस तामाङ पोखरा–२०२६ का प्रतियोगीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    Advertisement

    सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ पोखरा–२०२६ का प्रतियोगी युवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफूभित्र निहित कला, सीप तथा सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअप कला, सोनी पाख्रिन तामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्। त्यसैगरी माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले गीत गायन, खुसी मोक्तान तामाङले लोक नृत्य प्रस्तुत गरिन्। सलिना स्याङदेन तामाङले चित्रकला तथा सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी प्रदर्शन गरेकी थिइन्।

    प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकहरूमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष तथा सञ्चारकर्मी कञ्चन थापा, र एसके डान्स एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक माया लामा रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुति उच्चस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताएका थिए।

    गीतकार तीर्थ तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको प्रतिनिधि मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त वाहक भएको धारणा व्यक्त गरे। नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता र सिर्जनशीलता उजागर गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।

    बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रोशिला ब्लोन तामाङले स्वागत मन्तव्य दिँदै प्रतियोगीहरूलाई शुभकामना व्यक्त गरेकी थिइन्। अध्यक्ष तामाङले मिस तामाङ पोखरा प्रतियोगिता संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

    मिस तामाङ पोखरा–२०२६ को ग्राण्ड फिनाले यही माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा हुने आयोजकले जनाएको छ। ग्राण्ड फिनालेमा ८ जना युवती सहभागी हुनेछन्।

    ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ, सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

    प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेन्ड रनरअपले नगद ३० हजार, तथा भ्युअर्स च्वाइसतर्फ एक जनाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिम प्रदान गरिसकेका छन्। तालिम प्रदान गर्नेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन, प्रहरी सहायक हवल्दार सुरज रिमाल, फिटनेसका इन्टरनेशनल सर्टिफाइड लेभल–फोर प्रशिक्षक ज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेग्मी माया गुरुङ, जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, तामाङ भाषाविद् अजितमान तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ लगायत रहेका छन्।

    तालिममा सहभागी युवतीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्सजस्ता जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको छ। साथै स्टेज प्रस्तुति र आत्मविश्वास अभिवृद्धिका लागि कोरियोग्राफी तालिम जिता लामा, रोशिला ब्लोन तामाङ र राम लामाले प्रदान गरिरहेका छन्। कार्यक्रमका अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टर गणेश बज्र लामा रहेका छन्।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.