काठमाडौंमा जारी राष्ट्रपति कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको छ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा लुम्बिनीले सुरुआती दुई सेट लगातार आफ्नो पक्षमा पार्दै उपाधितर्फ बलियो कदम बढाएको थियो। पहिलो सेट २५–२० र दोस्रो सेट २६–२४ ले जितेको लुम्बिनीले खेलमा २–० को अग्रताबनाएको थियो।
गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर खेल आफ्नो पक्षमा पार्यो। तेस्रो सेट २५–२२, चौथो सेट २५–१७ र निर्णायक पाँचौं सेट १५–११ ले जित्दै गण्डकीले अविश्वसनीय कमब्याकसहित उपाधि उचाल्न सफल भयो।




