सुर्खेतमा जारी वाईवाई कप महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। एली यादवले अविजित ३२ रन बनाइन्।
९६ रनको लक्ष्य पछ्याएको गण्डकीले १८.१ ओभरमा ३ विकेट गुमाएर सहज जित दर्ता गर्यो। गण्डकीका लागि चन्द्रमाया बारालले अविजित ३८ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलिन् ।
उत्कृष्ट प्रदर्शन गरेकी चन्द्रमाया बाराल प्लेयर अफ द म्याच घोषित भइन्।




