नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी–५’को फाइनलमा प्रवेश गरेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा उनले न्युजिल्यान्डका कासिब मर्डोकलाई ‘स्प्लिट डिसिजन’मार्फत पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
तीन राउन्डको प्रतिस्पर्धामा ढाँटले २९–२८ को स्कोरमा जित निकाले। फाइनलमा उनले जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराएका थिए।
फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
जितपछि ढाँटले फाइट निकै कठिन भएको बताउँदै नेपाल दुःखमा रहेकाले सबैलाई सकेको सहयोग गर्न आग्रह गरेका छन्।
शुक्रबार, भदौ १२, २०८३
मा प्रकाशित




